
भ्रष्टाचारको मुद्दामा कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीबीच राष्ट्रिय सहमति हुन्छः महासचिव भुसाल

काठमाडौं | नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भ्रष्टाचारको ठूला मुद्दाहरुमा कांग्रेस, एमाले, माओवादी र आफ्नै पार्टी एकीकृत समाजवादीबीच राष्ट्रिय सहमति हुने गरेको टिप्पणी गरेका छन् । आज (शनिबार) हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ४०/५० करोडभन्दा ठूला कुनै पनि भ्रष्टाचारको मुद्दाहरुमा ठूला दलबीच राष्ट्रिय सहमति हुने गरेको आरोप लगाएका हुन् ।
‘४०/५० करोडभन्दा ठूला कुनै पनि भ्रष्टाचारको मुद्दाहरुमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ कांग्रेस, माओवादी, एमाले पनि हुन्छ, मेरै पार्टी पनि होला । त्यो नभई अगाडि बढ्दैबढ्दैन । ठूलाहरुको बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन्, राजनीति पनि सक्छन् र मुलुक पनि सकिराखेका छन्,’– उनले भने ।
महासचिव भुसालले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादको भाष्य नै बिगारेको आरोप लगाए । ओलीले समाजवादलाई चुचे रेल र टावरसँग जोडेर गलत भाष्य निर्माण गरेको उनको बुझाइ छ । उनले पपुलिज्मले पनि नेपालको समाजवादलाई विगारेको बताए ।
‘हाम्रो समाजवादको भाष्यलाई सबैभन्दा बढ्ता त ओलीजीले नै बिगार्दिनुभयो । चुच्चे रेल आउँछ, यो काठमाडौंमा दुई वर्षमा आउन्छ, अर्को वर्ष वेणी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर यो चुच्चे रेलसँग, टावरसँग, केसँग–केसँग यो भाष्य बिगार्दिनुभयो,’– उनले भने ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया