

मदन पुरस्कारका लागि ५ पुस्तकको सूची सार्वजनिक





काठमाडौं । मदन पुरस्कार गुठीले ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ ।
२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ बाट उक्त सूची छनोट गरिएको हो ।
गुठीले मोहन मैनालीको ‘मुकाम रणमैदान’, भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई शीर्ष पाँच पुस्तकभित्र राखेको छ ।
यी पाँचमध्ये एक पुस्तकले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ । पुरस्कार आगामी असोजमा वितरण गरिने छ ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया