
देशभर ३९ प्रतिशत रोपाई सकिँदा लुम्बिनी प्रदेशमा ४४ प्रतिशत रोपाईँ सकियो

बुटवल | आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो ।
यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो । गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६ लाख ४२ हजार २८४ हेक्टरमा रोपाइँ भएको थियो ।
देशभरि भएको रोपाइँ मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिममा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ । १ लाख ७४ हजार ५७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये १ लाख हेक्टरभन्दा माथि रोपाइँ भइसकेको हो ।
यस्तै गण्डकी प्रदेशमा ४९.७ प्रतिशत, कर्णालीमा ४८ प्रतिशत, लुम्बिनीमा ४४.४ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ । बागमती प्रदेशमा ४०.२ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा ३५ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ । सबैभन्दा कम मधेश प्रदेशमा करिब २६ प्रतिशत धान रोपाइँ भएको छ । ३ लाख ८३ हजार १५० हेक्टर मध्ये ९७ हजार ९ सय हेक्टर रोपाइँ भएको हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया