

आईपीएल क्रिकेटमा बैंगलोर ५ विकेटले पराजित

कार्तिक १३, ई–साझाकुरा
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ ।

अबुधाबीमा भएको खेलमा मुम्बईसामु बैंगलोरले १६५ रनको लक्ष्य पेश गरेको थियो । सो लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर भेटायो ।
यस जितसँगै मुम्बईले १६ अंकसहित अन्तिम चारमा स्थान बनाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । देवदूत पाडिक्कलले ४५ बलमा ७४ रन बनाए । जोश फिलिपले ३३ रन बटुले । विराट कोहली ९ रनमा आउट हुँदा एबिडिभिलियर्सले १५ रन जोडे । गुरकिरातमान सिंह १४ र वाशिङ्टन सुन्दर १० रनमा नटआउट रहे ।
बलिङतर्फ जसप्रित बुम्राहले ३ विकेट लिए ।
१६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा मुम्बईका क्विन्टन डिकक र इशान किसनले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । डिकक १९ बलमा एक छक्काको मद्दतमा १८ रन बनाएर आउट भए ।
त्यसपछि सूर्यकुमार यादव ब्याटिङमा आए । उनले नटआउट ७९ रन बनाए । उनी म्यान अफ द म्याच भए । इशान किसनले २५ र हार्दिक पान्ड्याले १७ रन बनाए ।
बलिङतर्फ मोहम्मद सिराज र युजवेन्द्र चहलले २–२ तथा क्रिस मोरिसले १ विकेट लिए ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया