
लुम्बिनीमा किन दिए योजना आयोगका उपाध्यक्ष केसीले राजीनामा ?

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकार परिवर्तन भएपछि केसीले सोमबार राजीनामा दिएका हुन् ।
उनले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा पत्र बुझाएका छन् । आयोगको उपाध्यक्षमा डा. केसीलाई निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नियुक्त गरेका थिए । डा केसीले राजीनामा दिएसँगै आयोगका सदस्यहरू डा। सुरजकुमार वली, सरोज खनाल र गीता केसी पनि बाहिरिएका छन् ।
केसीले यस अवधिमा सातै प्रदेशका योजना आयोगहरूको राष्ट्रिय भेलामार्फत प्रदेश तथा स्थानीय तहका योजनाको अन्तरसम्बन्धमा लुम्बिनी घोषणापत्र, लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुमा र लुम्बिनीको दिगो कृषि विकास रणनीति तयार गरेको दाबी गरेका छन् ।
उनले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधि र कार्यक्रम दस्ताबेज तयार गरिएको बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया