
लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउने तयारी

काठमाडौँ । लुम्बिनी प्रदेशको नयाँ सत्ता गठबन्धनबिच ५ बुँदै सहमति भएको छ । बिहीबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी दलहरूले ५ बुँदे सहमति गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यबिच लुम्बिनीका नताको चाहना अनुसार समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउन सहमति गरिएको उल्लेख छ । सहमतिमा माओवादी केन्द्रका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न समर्थन गर्ने उल्लेख छ ।
प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्तिहरू सरकारमा सहभागी दलहरूको अपनत्व हुने गरी गरिने सहमति पत्रमा उल्लेख गरिएको छ ।
यसैबिच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठबन्धनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्री चौधरीले संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
माओवादीले लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूहरूले ४४ सांसदको हस्ताक्षर तयार गरेको र प्रदेश प्रमुखले आह्वान गर्ना साथ दाबी पेस गर्ने बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया