

लुम्बिनीबाट सयौँ यात्रुहरुले सुरु गरे धर्मयात्रा





रासस : बुद्ध जन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा आजदेखि सुरु भएको छ। मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन्। यात्रा दुई दिनपछि पूरा हुनेछ।
श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा सुरु गराएका हुन्। लुम्बिनीबाट सुरु भएको धम्मयात्रा आज भैरहवा र आइतबार नवलपरासीको रामग्राम पुग्नेछ।
लुम्बिनीमा बुद्धशिक्षालाई प्रवर्द्धन गर्ने कोषका कोषाध्यक्ष भट्टराईले बताए। धम्मयात्राले समुदायतहसम्म बौद्धशिक्षालाई अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ।
अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि एक हजार दुई सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो। भिक्षुहरुको जीवनमा धम्मयात्रालाई महत्वपूर्ण मानिने सदस्यसचिव सानुराजा शाक्यले बताए।
अल्पकालीन भिक्षुहरूले पहेँलो चिवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्ने गर्दछन्। सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ। भिक्षु बन्न दुई सय २७ वटा नियम पालना गर्नुपर्ने हुन्छ।
धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो। ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो। धम्मयात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्ममा प्रस्थान गर्नु हो। फागुन २६ गते अल्पकालीन भिक्षुहरूलाई प्रव्रज्या गराई पहेँलो चिवर प्रदान गरिएको थियो।
लुम्बिनीमा भएको एक हजार दुई सय ५० जनाको प्रव्रज्याले बुद्धधर्मको शिक्षा र बौद्ध गतिविधिलाई जोडेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताइन्। उनले धम्मयात्राले बुद्धजन्मस्थलको प्रचार–प्रसारसँगै बौद्ध गतिविधिलाई प्रवर्द्धन गर्ने बताइन्। फागुन १६ गतेदेखि सुरु भएको प्रव्रज्या यही चैत ८ गते समापन हुनेछ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया