

आज फागुन २१ गते सोमबार, भैरवस्थानकाे दर्शन गरि हेर्नुहाेस् राशिफल





काठमाडौं – आज २०८० साल फागुन २१ गते सोमबार तदनुसार सन् २०२४ मार्च ४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। हेर्नुस् आजकाे फलादेशः
मेष : दैनिकी राम्रो छ। धार्मिक यात्रा हुने योग छ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
वृष : दिन राम्रो छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने ठगबाट बच्नुपर्ने देखिन्छ। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ।
मिथुन : संघर्ष गरेर कर्म क्षेत्रमा नाम कमाउने दिन हो। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्धमा भने खटपट हुनसक्छ।
कर्कट : खराब समय आएको छ। कुरा काट्नेहरु धेरै छन्। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। साथीसँग सहकार्य गर्दा जोगिएर काम गर्नुपर्ने हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
सिंह : सम्मानित हुने योग रहेको छ। यात्रामा प्राकृतिक विपत्तिबाट जोगिनुपर्नै देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वदेशमै लगानीका अवसर सिर्जना हुनेछन्। समय राम्रो भए पनि सफलताका लागि संघर्ष आवश्यक देखिन्छ।
कन्या : समय राम्रो छ। गुमेको धन भेटिने छ। हराएको साथीसँग अचानक भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। मन खुशी हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।
तुला : दिन राम्रो छ। समय रमाइलो गरेर बित्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।
वृश्चिक : दैनिकी सामान्य छ। तपाईंको श्रमबाट फाइदा लिनेहरु रमाउने देखिन्छ। बोलीमा नम्रता र व्यवहारमा लचकता आवश्यक छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदै हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
धनु : दैनिकी राम्रो छ। मेहनत गरेको क्षेत्रमा काम बन्नेछ। तपाईंको मिठो बोली नै आज उपयोगी बन्नेछ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।
मकर : दैनिकी राम्रो छ। साथीहरुले साथ दिनेछन्। व्यापारबाट उल्लेखनीय उपलब्धि नहुनसक्छ। परिवारको सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।
कुम्भ : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। मदिराजन्य पदार्थबाट टाढा रहनुपर्ने देखिन्छ। भोज वा पार्टीमा सहभागी नभएकै राम्रो हुन्छ। सामाजिक क्षेत्रमा समस्या हुनेछ। परिवारको साथ र सहयोग रहने योग छ।
मीन : दिन राम्रो छ। नयाँ साथीसँग भेट हुनेछ। खर्च बढ्ने योग छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी नै उत्साहजनक हुनेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा खटपट हुनसक्छ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया