

लुम्बिनी प्रदेश हिउँदे अघिवेशनको पहिलो बैठक शुक्रबार



दाङ – लुम्बिनी प्रदेशको हिउँदे अघिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो ३ बजे बस्दै छ। दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशनका लागि गरेको आह्वानअनुसार दिउँसो बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयकलगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ। हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान सम्बन्धि पठाएको पत्र पढेर सुनाउने, मन्त्रिरिषद्मा कार्यविभाजन हेरफेर सम्बन्धी पत्रसमेत पढेर सुनाउने, दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकहरुको बारेमा सभामा जानकारी गराउने, विभिन्न संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको सफलताको शुभकामना दिने सम्भावित कार्यसूची रहेको मगरले बताए।
लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखि बस्न सकेको थिएन। लामो समयपछि प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्न लागेको हो।
प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेश सभा सदस्यहरु कामविहीन बनेका थिए। दुई वटा अधिवेशनमा ३५ वटा बैठक सम्पन्न भएका थिए। ५७ घण्टा ३३ मिनेट छलफल हुँदा प्रदेशसभाले मूल विधेयक एउटा, साल बसाली विधेयक दुई वटा, संशोधन विधेयक एक गरी जम्मा चार वटा विधेयक पारित भएको थियो।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया