

सभामुख घर्तीले भने, ‘स्थानीय तहका जनप्रतिनिधिहरूमा कानुन सम्बन्धी विज्ञता भएन’



कपिलवस्तु । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहहरूमा कानुन अधिकृत नहुँदा समस्या भएको बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरूमा कानुन सम्बन्धी विज्ञता नभएको र कर्मचारी पनि नहुँदा कानुन निर्माण तथा कार्यान्वयनमा समस्या देखिएको बताए ।
आइतबार कपिलवस्तुका जनप्रतिनिधि सँग प्रदेश सभा र स्थानीय तह बिच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी अन्तरक्रिया पश्चात् पत्रकारहरू सँग भेटघाट गर्दै यस्तो बताएका हुन् । उनले भने ”स्थानीय तहमा कानुन अधिकृत आवश्यकता छ, यसैको गृहकार्यमा छौं ।”
उनले यस अघि पनि केही जिल्लाका जनप्रतिनिधि सँग अन्तरक्रिया गर्दा कानुन निर्माणमा समस्या रहेको गुनासो आएको बताए । प्रदेशको आगामी अधिवेशनमा बाट स्थानीय तहमा कानुन, ऐन, नियमावली, निर्देशिकाहरू निर्माण तथा कार्यान्वयन गर्न सहज हुने गरि व्यवस्था मिलाउन प्रयास गरिने बताए ।
स्थानीय तहका कानुन प्रदेश र सङ्घका कानुन सँग बाझिएको भन्दै त्यस सचेत भएर कानुन निर्माण गर्नुपर्ने बताए। स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो काम र कर्तव्य बारे अध्ययन गर्न आवश्यक रहेको जानकारी दिए । “कतिपय ठाउँमा मेयर उपमेयरको अधिकारको विषयमा विवाद भएको पाइन्छ, उनले भने, “स्थानीय तहले कानुन बनाउन समस्या देखेपछि केन्द्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ निर्माण गरी कार्यान्वयन गर्न भनेको छ ।” सभामुख घर्ती मगरले सङ्घीयताका मर्म नबुझ्दा समाजमा सङ्घीयता विरुद्धको तत्त्व हाबी भएको बताए ।
सङ्घीयतालाई मजबुत बनाउँदै आफ्नो अधिकारको प्रयोग गरी जनप्रतिनिधिहरूको क्षमता वृद्धि गर्न सकेमा सङ्घीयताको औचित्य पुष्टि हुने बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया