सिके राउतसहित ५१ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ : माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ५१ जनालाई नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार ४७ जना पुरुष र ४ जना महिलालाई माइतीघरबाट पक्राउ गरिएको हो ।

उनसहित भेला भएकाहरूले टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको बताए । उनले सबैलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको जानकारी दिए ।

उनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि हामीले पक्राउ गरेका हौं ।’ सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको छ । सरकारले माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

खबर सबै