
अधिकार माग्दै मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरी अधिकार प्रयाभुत गराउनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । शनिबारप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका उनीहरूले संघीयता कार्यान्वयनका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन । कार्यव्यस्तताका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने अनुपस्थित रहे ।
प्रधानमन्त्रीसँगको भेटमा मुख्यमन्त्रीहरुले बिहीबार र शुक्रबार हेटौँडामा बसेको बैठकका निर्णयबारे ध्यानाकर्षण गराएका थिए । यस्तै, गत असारमा पोखरा बैठकले गरेका निर्णय र सरकारले दिएको आश्वासनका बारेमा स्मरण गराएका थिए ।
मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका थिए । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको हेटौँडा भेलाले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा सङ्घर्षमा जाने ठहर गरेको थियो ।
मुख्यमन्त्रीहरुले प्रहरी समायोजन, सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वन लगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँड, वित्तीय हस्तान्तरण लगायतका माग राखेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया