

बुटवल सम्म रास्वपाको दबाब यात्रा सकियो





काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणगढ–बुटबल सडकमा दबाब यात्रा सम्पन्न गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटबलसम्मको सडक खण्डमा तीन दिन लगाएर १ सय १३ किलोमिटर लामो पैदल यात्रा गरेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक खण्ड स्तरोन्नतिमा ढिलाइ भएपछि दबाबस्वरूप यो पैदलयात्रा गरेको रास्वपाले जनाएको छ ।
३ वर्षमा काम सक्ने गरी २०७५ साल माघमा ठेकेदार कम्पनीसँग सम्भौता भएको सडकको ५ वर्ष पूरा हुन लाग्दा ४४ प्रतिशत मात्र काम भएको छ । यात्राका क्रममा स्थानीयवासीले रास्वपाको टोलीलाई स्वागत गर्दै बाटो नबन्दाको समस्या सुनाएका थिए ।
यात्रा सकिएपछि भएको कार्यक्रममा सभापति लामिछानेले बाटो निर्माण सम्पन्न नभएसम्म निरन्तर दबाब दिइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो दबाब यात्रा कुनै राजनीतिक अभियान नभएको पनि बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ हुँदा यो बाटो भएर हिँड्ने यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया