
सहकारीले अब जैविक मल उत्पादनमा जोड दिनुपर्छ : सांसद पन्थी

राजेन्द्र खनाल, जितपुर : लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बाणगंगाका कृषि क्षेत्रको उत्पादन बृद्धी गर्न सहकारीका माध्यमबाट जैविक मल उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । यस क्षेत्रका अधिकांश सहकारीहरुले आफ्ना सदस्यहरुलाई परम्परागत गोबर मलको ठाउँमा अब त्यही गोबरको प्रयोगबाट जैविक मल उत्पादन गरी कृषि क्षेत्रमा नयाँ आयाम ल्याउन आग्रह गरे । शुक्रबार साना किसान कृषि सहकारी संस्था मोतिपुरको २४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सासंद पन्थीले यस्तो बताएका हुन ।
नेपालका केही क्षेत्रमा कृषि विज्ञहरुले अहिले बालिनालीको उत्पादन बृद्धी गर्ने गरी मल उत्पादन गरिरहेकाले त्यो प्रविधिको प्रयोग कपिलवस्तुमा पनि सम्भव रहेको उनले बताए । नयाँ प्रविधिको माध्यमबाट उत्पादित जैविक मलको प्रयोग गर्न सके सधै अभाव झेलिरहेको रासायनिक मलको झन्झट सधैका लागि अन्त्य गर्न सकिने पनि दाबी गरे ।
यस्तै उनले पछिल्लो समय केहि सहकारीले गल्ती गर्दा सबै सहकारी प्रति विश्वास घटेको भन्दै सबैलाई एउटै दृष्टिकोण बाट नहेर्न आग्रह गरे । गल्ति गर्ने कसैलाई पनि कानुनले नछाड्ने बताउदै गल्ती गरेका सहकारी सञ्चालकहरु कारबाहिमा परेको उनको दाबी समेत थियो । नराम्रो काम गरेर बदनाम भएका सहकारीलाई गरेको गालि देखेर हल्लाको पछाडि नलाग्न उनले आग्रह समेत गरेका छन् ।
त्यस्तै कार्यक्रममा बाणगङ्गा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले सहकारीले कृषि र उद्यमद्वारा आर्थिक अवस्था सुधार गर्न सहयोग गर्नुपर्ने बताइन् । शेयर सदस्य र सञ्चालक दुबै पक्ष सकारात्मक तवरबाट लाग्ने हो भने सहकारी सञ्चालनमा समस्या नहुने उनको भनाइ थियो । नगर भित्र रहेका सहकारी र वित्तीय संस्थाहरुलाई व्यवस्थित गर्न नगर लागिरहेको पनि उनको दाबी छ ।
कार्यक्रममा बाणगङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरिले करोडौं रुपैयाँ ऋण लिएर सरकारले मिनाहा गर्नुपर्छ भन्दै हिडेका केही मान्छेहरुका पछाडि नलाग्न आग्रह गरेका छन् । केहि शेयर सदस्यहरूलाई सम्पुर्ण प्रक्रिया पुरा नगरी ऋण दिएको हल्ला बाहिर आएको भन्दै त्यस प्रति समयमै सचेत हुन साना किसान मोतिपुरका सञ्चालकहरुलाई समेत उनले आग्रह गरेका थिए । सहकारीले लामो संघर्ष बाट बनाएको भवनको अहिले सहि सदुपयोग नभएको भन्दै त्यसलाई व्यवस्थित गराउन पनि उनले आग्रह गरेका छन् ।
त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वडा अध्यक्षको रुपमा रहदा आफु सङ्ग पनि सहकारीको विषयमा विभिन्न समस्या आएको भन्दै त्यस तर्फ सञ्चालक समितिको ध्यानाकर्षण गराए ।
कार्यक्रममा नगर निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार तिवारी, नेपाल कृषि सहकारी संघ लिमिटेडका केन्द्रिय सदस्य पदम खनाल, लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिती संयोजक तेज प्रसाद आचार्य लगायतले सम्बोधन गरेका थिए ।
सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटाले साधारणसभामा अध्यक्षको प्रतिवेदन राख्दै अहिले सहकारीमा ३ हजार ११५ जना शेयर सदस्यहरु रहेको जानकारी गराए । उनले सहकारीबाट नियमभन्दा बाहिरबाट कसैलाई पनि बिना धितो ऋण प्रवाह नगरिएको पनि स्पष्ट पारेका छन् ।
साधारणसभामा लेखा समितिका संयोजक विष्णु गिरीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष राधिका पन्थीको स्वागत र संस्थाका कार्य समिती सदस्य हरिशंकर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया