
नागरिक पहिलो अभियानद्धारा आगामी योजना सार्वजनिक

कपिलवस्तु । नागरिक पहिलो (पिपुल फस्र्ट ) अभियान नेपालले आफ्ना आगामी कार्यक्रम सार्वजनिक गरेको छ । यही मंङ्गसिर १५ गते देखि आगामी चैत्र मसान्तसम्मको अभियानको कार्यक्रम सार्बजनिक गरेको हो ।
केही साता अघि काठ्माण्डौँमा भेला भएका अभियानका प्रतिनिधिमुलक अभियान्ताहरुको सम्मेलन र पत्रकार सम्मेलनमार्फत घोषणा भएको नागरिक पहिलो अभियानले आगामी योजना अन्तरगत पहिलो चरणमा राजनैतिक, बैचारिक र संङ्गठनात्मक , दोश्रो चरणमा आन्तरिक पंङ्तिमा देश भित्र र प्रवाशमा अभिमुखीकरण गर्ने बताएको छ भने तेस्रो चरणमा जनपरिचालन र संघर्ष, चौथो चरणमा अभियानको समिक्षा गर्ने निर्णय गरेको जनाइएको छ ।
अभियानको हालै काठमाडौंमा बसेको बैठकले गत मङ्गसिर ११–१२ गते काठमाडौंमा भएको प्रथम राष्ट्रिय भेला र त्यो भेलाले देशमा नागरिक पहिलो पिपुल फस्र्ट अभियानको घोषणाको समिक्षा गर्दै उक्त कार्यक्रम उत्शाहजनक सहभागितामा , भब्य र शानदार रुपमा भएको र यो घोषणाले देशको राजनैतिक बृत्तमा मात्रै नभएर आम नागरिकको समेत ध्यानाकर्षण पनि गरेको समिक्षा गरेको छ ।
बैठकले अभियान लाई व्यवस्थित गर्नका निम्ति कार्यालय ,सुचना तथा संचार ( प्रबिधि कार्यदल, जनपरिचालन कार्यदल, देशका मुख्य पाँच समस्या जसमा सुशासन ,जनलोकपाल,लोकतन्त्र, आर्थिक संकट लगाएका मुख्य राष्ट्रिय समस्याहरुको पहिचान गरि माग पत्र तय गर्न पाँच वटा बिषयगत राष्ट्रिय बहस र अन्तरक्रिया माघ मसान्त भित्र गर्ने र त्यसका लागि एउटा बिज्ञ सहितको कार्यदल गठन गरेको जनाएको छ ।
बैठकले राष्ट्रिय भेलाको मुल स्प्रिट र मर्म अनुसार अभियान परिचालनको निम्ति सात प्रदेश बाट ७र ७ जना र प्रवास बाट दुई जना सदस्य गरि तत्काल ५१ सदस्य केन्द्रीय कार्यदलको गठन गरेको छ ।
सबैको स्बभिमान र सबैको सम्बृद्धि भन्ने मुल नाराका साथ उदाएको नागरिक पहिलो अभियानले देशमा रहेका मुख्य पाँच समस्या ,पाँच समाधान र पाँच काम लाई एक अभियानको माध्यमबाट समाधान गर्न सकिने निष्कर्ष निकालेको कुरा आफ्नो घोषणा सभामा सार्बजनिक गरेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया