

विश्व कप क्रिकेट : अफगानिस्तानसँग पाकिस्तान ८ विकेटले पराजित


काठमाण्डाै
विश्व कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । गएराति चेन्नईमा सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो ।
पाकिस्तानले दिएको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । उसका लागि इब्राहिम जद्रानले ८७, रहमानुल्लाह गुर्बाजले ६५ तथा रहमत शाहले ७७ र हस्मतुल्लाह शाहिदीले नटआउट ४८ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले एक/एक विकेट लिए ।
अफगानिस्तानले एकदिवसीयमा पाकिस्तानलाई हराएको यो पहिलो पटक हो । अहिलेसम्म भएका ७ वटा एकदिवसीयमा सबैमा पाकिस्तान विजयी भएको थियो । यस्तै, अफगानिस्तानले एकदिवसीयमा २ सय ८० रनभन्दा माथिको लक्ष्य पछ्याएर जितेको पनि पहिलो पटक नै हो ।
हिजो टस जितेर ब्याटिङ रोजेको पाकिस्तानका लागि कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह सफिकले ५८ रन बनाए । अफगानिस्तानका नुर अहमदले तीन र नवीन उल हकले दुई विकेट लिए । हिजोको जितसँगै पाँच खेलमा ४ अङ्ककासाथ अफगानिस्तान तालिकाको छैटाैँ स्थानमा उक्लिएको छ । समान खेलमा ४ अङ्क नै भए पनि पाकिस्तान रन रेटका आधारमा पाँचौँ स्थानमा छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया