
विश्व कप क्रिकेट : अफगानिस्तानसँग पाकिस्तान ८ विकेटले पराजित




काठमाण्डाै
विश्व कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । गएराति चेन्नईमा सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो ।
पाकिस्तानले दिएको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । उसका लागि इब्राहिम जद्रानले ८७, रहमानुल्लाह गुर्बाजले ६५ तथा रहमत शाहले ७७ र हस्मतुल्लाह शाहिदीले नटआउट ४८ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले एक/एक विकेट लिए ।
अफगानिस्तानले एकदिवसीयमा पाकिस्तानलाई हराएको यो पहिलो पटक हो । अहिलेसम्म भएका ७ वटा एकदिवसीयमा सबैमा पाकिस्तान विजयी भएको थियो । यस्तै, अफगानिस्तानले एकदिवसीयमा २ सय ८० रनभन्दा माथिको लक्ष्य पछ्याएर जितेको पनि पहिलो पटक नै हो ।
हिजो टस जितेर ब्याटिङ रोजेको पाकिस्तानका लागि कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह सफिकले ५८ रन बनाए । अफगानिस्तानका नुर अहमदले तीन र नवीन उल हकले दुई विकेट लिए । हिजोको जितसँगै पाँच खेलमा ४ अङ्ककासाथ अफगानिस्तान तालिकाको छैटाैँ स्थानमा उक्लिएको छ । समान खेलमा ४ अङ्क नै भए पनि पाकिस्तान रन रेटका आधारमा पाँचौँ स्थानमा छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया