

भैरहवामा मेडिकल कलेजमा प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीहरु थप आन्दोलित



बुटवल
भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनमा प्रहरीको हस्तक्षेप भएपछि विद्यार्थीहरु थप आन्दोलित भएका छन् । कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड अनिवार्य गर्ने निर्णय गरेपछि सुरु भएको सामान्य बिषयमा कलेजकी प्रिन्सिपल प्रा डा लक्ष्मी पाठकले विद्यार्थी माथि दम्भ देखाउदै दुब्यवार गरेपछि विद्यार्थी थप आन्दोलित भएका हुन ।
झडप समेत भएको थियो । त्यसपछि एमबीबीएस र बीडीएस विद्यार्थीहरु पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द गरेर रिले अनशन सुरु गरेका छन् । विद्यार्थीको आन्दोलनमा इन्टर्न डाक्टरहरुले पनि साथ दिएका छन् । विद्यार्थी र चिकित्सकहरुको आन्दोलनले बिरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् । एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेपछि विद्यार्थीहरूले पुरुषको सर्टमा गोजी राख्नुपर्ने र महिलाको हकमा सर्ट पाईन्ट भन्दा कुर्तासुरवाल हुनुपर्ने माग डा पाठकलाई राखेका थिए ।
तर डा पाठकले विद्यार्थीहरूको कुरा सुन्नै चाहिएनन ।यहि बिषय थप चर्कदै गएपछि अहिले विद्यार्थीहरूले प्रिन्सिपल पाठकको राजीनामा माग प्रमुख ऐजेण्डा बनाएर आन्दोलित भएका हुन । त्यस बाहेक नयाँ ड्रेसकोड खारेज गर्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाइएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग राखेका छन् । आइतबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भएपनि सहमती भने भएन ।
तर सहमति बिपरित प्रिन्सिपल पाठकलाई प्रहरीले भगाएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूले समस्या समाधानका लागि सर्वदलीय, सर्वपक्षीय बैठक राखेर गरेको निर्णय अनुसार प्रिन्सिपल पाठकलाई कार्यकक्ष बाट निकालिएको बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया