एमालेको जनतासँग जनप्रतिनिधि अभियान भलवाडमा सम्पन्न

कपिलवस्तु । नेकपा एमालेको जनतासँग जनप्रतिनिधि अभियान कपिलवस्तुको बाणगंगा ९ मा बुधबार सम्पन्न भएको छ । वडा नम्बर ९ मा पुगेका एमाले नेता कार्यक्रता तथा निर्वाचित विभिन्न तहका जनप्रतिनिधिहरुले वडाको मुख्य सडक निर्माणमा पुर्णता, शिक्षा स्वास्थ्य र खानेपानीका सवालमा आ आफ्ना धारणा व्यक्त गरेका छन् ।

नेकपा एमाले बाणगंगा नगर कमिटिको आयाजनामा यही असोज २० गते देखि जारी एक महिनो जनतासँग जनप्रतिनिधि अभियान कार्यक्रम अन्र्तगत वडा नम्बर ९ मा चौवाह र पडरियामा सम्पन्न भएको ।

र्यक्रममा जनताका तर्फबाट उठेका प्रश्नहरुको जवाफ दिदै लुम्बिनी प्रदेश सासंद विष्णु पन्थीले भलवाडको विकासका लागि यहाँको मुख्य सडक सञ्जाललाई पुर्णता दिने विषयमा आफ्नो ध्यान रहेको बताउनुभयो । यस्तै उहाँले शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि भलवाडलाई विशेष योजनाहरु आफुले ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्र अर्यालले बाणगंगा नगरपालिकाका तर्फबाट वडा नम्बर ९ का लागि विभिन्न कार्यक्रमहरु रहेकाले क्रमशः आफुले गरेका प्रतिबद्धता अनुसार काम गरिने बताउनुभयो ।

यस्तै अन्य जनप्रतिनिधिहरुले पनि निर्वाचनका बेला गरिएका प्रतिबता अनुसार काम गर्न अग्रसर रहेको दाबी पनि गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने, बाणगंगा नगर उप प्रमूख रिता चौधरी, एमाले जिल्ला अध्यक्ष डम्बर शर्मा, जिल्ला उपाध्यक्ष विश्रामप्रसाद थारु, वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेल, पुर्व वडा अध्यक्ष धुुव्र बेल्वासे, वडा नम्बर ९ का वडा सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

बाणगंगा नगरपालिकामा नेकपा एमालेले वडा नम्बर ७ बाट जनतासँग जनप्रनिधि कार्यक्रम असोज २० गते देखि सुरु गरेको हो । यो अभियान एक महिना संचालन हुने जनाइएको छ ।

यो अभियानमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता कति पुरा भए र जनताको राय कस्तो छ भन्ने सवालमा अभियानमा केन्द्रित रहेका छन् ।

प्रतिक्रिया

खबर सबै