

एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा भारत बङ्लादेशसँग ६ रनले पराजित

काठमाण्डाै
एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ । हिजो भएको रोमाञ्चक खेलमा भारत बङ्लादेशसँग पराजित भयो ।
जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो । उसका शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बङ्लादेशका मुश्ताफिजुर रहमानले ३ विकेट लिए ।
त्यस्तै, तान्जिम हसन सकिब र मेहेदी हसनले समान २/२ विकेट लिए । त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो । बङ्लादेशका कप्तान सकिब अल हसनले सर्वाधिक ८० रन बनाए । तौहिद हृदोयले ५४ रनको अर्धशतकीय पारी खेले ।
भारतका शार्दुल ठाकुरले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । एसिया कपमा भारत र श्रीलङ्का उपाधिका लागि खेल्ने यसअघि नै तय भइसकेको छ । फाइनल खेल भोलि हुनेछ । पाकिस्तान र बङ्लादेश सुपर फोरबाट तथा नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया