

छाडा चौपाया व्यवस्थापनको काम यही महिना भित्र सुरु गर्छौ : मुख्यमन्त्री चौधरी



कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले छाडा चौपायाको दिगो व्यवस्थापन गरीने दाबी गर्नुभएको छ । लुम्बिनी प्रदेश छाडा चौपाया व्यवस्थापनका लागि विकास समिति बनाई अघी बढने मुख्यमन्त्री चौधरीले बताउनुभयो ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा शनिरबार आयोजित छाडा चौपाया व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले विकास समितिले छाडा चौपायाको समस्या समाधान गर्ने बताउनुभयो ।मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश स्तरीय विकास समितिमा लुम्बिनी प्रदेशका १ सय ९ वटै पालिकाका प्रमुखलाई सदस्य बनाई चौपायाको दिगो व्यवस्थापन गरीने दाबी पनि गर्नुभयो । अहिले छाडा गाई सबैभन्दा बढी समस्या भएको हुदाँ गाईलाई उत्पादनसगँ जोडेर अघी बढ्ने मुख्यमन्त्री चौधरीको भनाई थियो । “छाडा चौपाया व्यवस्थापनका लागि एक विज्ञ समुह बनाई यही महिना भित्रै व्यवस्थापन कार्य सुरु गरिनेछ ।” उहाँले भन्नुभयो ।
यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य तथा पुर्व स्वस्थ्यमन्त्री विष्णु पन्थीले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेशले छिटै योजनाका साथ काम गर्ने बताउनुभयो । जिल्लामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौतीको रुपमा रहेकाले यस विषयमा लुम्बिनी प्रदेश सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमको व्यवस्थापन गरेको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पशु चौपायाले धानबाली सखाप बनाएको हुदाँ यो समस्या तत्काल समाधान गरिनु पर्ने धारण राख्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले छाडा चौपायालाई कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको तिनघरवा जंगलमा तारबार गरी राख्नु पर्ने सुझाव दिएका छन । छाडा चौपाया व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा जिल्लाका दशैवटा पालिकाका जनप्रतिनिधीहरु, वन कार्यालयको प्रतिनिधी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया