

व्यवसायिक घरबहाल कर घटाउन उद्योग व्यापार संघ कपिलवस्तुको आग्रह



कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले कम्तिमा २० प्रतिशत घर वहाल घटाउन माग गरेको छ । कोभिडको महामारीपछि उद्योगी ब्यवसायी मारमा परेको हुनाले ब्यवसायिक घर र जग्गा तथा सटरधनीलाई संघले यस्तो माग गरेको हो ।
शनिवार संघको कार्यालय वाणगंगा ४ जितपुरमा बसेको सातौँ नियमित वैठकले देशका विभिन्न सहर तथा बजारमा ब्यवसायीक घर जग्गा तथा सटरहरु खालि हुँदै गैरहेको हुदा वहालमा कम्तिामा २० प्रतिशत नघटाउने हो भने भयावहको स्थिति आउने भन्दै विज्ञप्ती जारी गरेको छ ।
यसको लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने संघका अध्यक्ष खिमानन्द पौडेल कोपिलको भनाई छ । वैठकमा उद्योग ब्यापार महासंघका केन्द्रिय सदस्य टोप नारायण बेलबासे लगायतका उद्योगी व्यवसायीको सहभागिता थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान







प्रतिक्रिया