

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै





रूपन्देही । लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुँदै छ । शुक्रबार ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारले ५ वर्षमा कम्तीमा २ लाख रोजगारी सिर्जना गर्ने गरी व्यावसायिक कृषि, उद्योग र सिपमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याउन लागेको हो ।
सरकारले यसअघिका सरकारले ल्याएका दीर्घकालीन महत्त्वका र प्रभावकारी देखिएका योजनालाई निरन्तरता दिने बताएको छ । त्यस्तै सरकारले प्रदेशमा रहेका वन, नदी र खानीको उत्पादनलाई व्यावसायिक प्रयोग गर्ने र त्यसबाट सीमान्तीकृत समुदायले आर्थिक लाभ लिने गरी नीति तय गर्न लागेको छ । लुम्बिनी प्रदेश वन जंगल पर्याप्त भएको क्षेत्र हो । चुरे क्षेत्रमा रहेका खानीलाई पनि सरकारले उपयोग गर्ने गरी कार्यक्रम गर्न लागेको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोष पाण्डेले सरकारले अबको ५ वर्षमा कम्तीमा पनि २ लाख जनतालाई रोजगारी दिने गरी नीति कार्यक्रम र बजेट तयार गरेको बताए । ‘नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमको रुपमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम राखिएको छ,’ उनले भने, ‘यस्तै अरु एकरदुई केही नयाँ कार्यक्रम पनि थपिन सक्छन् ।’
लुम्बिनी प्रदेशमा स्थापनाकालदेखि नै मुख्यमन्त्रीसँग जोडेर कार्यक्रम ल्याउने गरिएको छ । पूर्वमुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम ल्याएका थिए । त्यसपछिका कुलप्रसाद केसीले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याए भने अहिलेका मुख्यमन्त्री डिल्ली चौधरीले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम ल्याउन लागेका छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया