

८ करोड बढी बक्यौता नतिरेपछि काटियो रोल्पा सिमेन्टको बिजुली



काठमाण्डौ ।नेपाल विद्युत् प्राधिकरणले रोल्पा सिमेन्टको उद्योगमा बिजुली काटेको छ ।
आठ करोड ४४ लाख रुपैयाँ बक्यौता नतिरेपछि आज आइतवार दिउँसो ३ बजेदेखि उद्योगको बिजुली काटिएको प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजनका प्रमुख हरि पाण्डेले जानकारी दिनुभयो ।
उहाँले रोल्पा सिमेन्टले दुई वर्षदेखि बक्यौता नतिरेको पनि जानकारी दिनुभयो । पटक–पटक ताकेता गर्दा पनि बक्यौता नतिरेकाले बाध्य भएर लाइन काटिएको पाण्डेले बताउनुभयो ।
उद्योगले अब सुरुमा कुल बक्यौताको २५ प्रतिशत रकम भुक्तानी गरेमा मात्रै बिजुली लाइन दिने नत्र लाइन दिन नसकिने उहाँको भनाइ छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया