

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड २१ रनले विजयी





काठमाण्डाै
भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै तीन खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।
भारतका वासिन्टन सुन्दरले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनको यो पहिलो टी–२० अर्धशतक हो । सूर्यकुमार यादव ४७ रनमा आउट भए । भारतका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका माइकल ब्रेसवेल, मिचेल सान्टनारले समान २/२ विकेट लिए ।
लोकी फर्गुसन, जकोब डफी र इश सोधीले १/१ विकेट लिए । त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । न्युजिल्यान्डका डर्याल मिचेलले अविजित ५९ रन बनाए । उनले २६ बलमा अर्धशतक पूरा गरेका थिए।
डेभन कन्वे ५२ रनमा आउट भए । भारतका वासिन्टन सुन्दरले २ तथा अर्शदीप सिंह, शिवम माभी र कुलदीप यादवले १/१ विकेट लिए । भारत र न्युजिल्यान्डबीचको दोस्रो खेल आइतवार लखनउमा हुनेछ । यसअघि भएको एकदिवसीय शृङ्खला भारतले जितेको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया