

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका ४ सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गंगादेव गाउँपालिका ७ राँकबाट तेल लिन खाली ड्रम बोकेर सल्यानतर्फ गइरहेको रा १ त ४१६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय चालक अमर वलीको मृत्यु भएको हो । मृतक वली गंगादेव७ तिम्ले निवासी हुन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
ट्याक्टरमा सवार गंगादेव(७ का १७ वर्षीय राजेश केसी र सोही ठाउँका २२ वर्षीय विरवर केसी घताइते भएका छन । उनीहरुलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ । ट्याक्टर सडकबाट २०० मिटर तल खसेको थियो ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया