

युक्रेनसँगको युद्धमा ८९ सैनिकले ज्यान गुमाउनुकाे मुख्य कारण मोबाइल प्रयाेग : रुस

एजेन्सी
रुसले युक्रेनसँगको युद्धमा ८९ जना सैनिकले ज्यान गुमाउनुमा मोबाइल फोन प्रयोग मुख्य कारण रहेको दाबी गरेको छ ।
नयाँ वर्षको पहिलो दिन ८९ जना रुसी सैनिकको ज्यान जाने गरी आक्रमण भएको थियो । आफ्ना सेनाले नियम तोडेर मोबाइल फोन चलाएका कारण मानवीय क्षति भएको मस्कोले जनाएको छ ।
युक्रेनले यो आक्रमणमा झण्डै चार सय रुसी सैनिक मारिएका र अन्य तीन सय जना जति घाइते भएका दाबी गर्दै आएको छ । युक्रेनसँगको एउटै घटनामा आफ्ना ८९ सेनाले ज्यान गुमाएको रुसले स्वीकार गरेको यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो ।
रुसी अधिकारीहरूले धेरै जनाले मोबाइल फोनको प्रयोग गर्दा विपक्षी सेनाले अवस्थिति थाहा पाउने मौका पाएको समेत जनाएका बीबीसीले उल्लेख गरेको छ । यो घटनाको अनुसन्धान गर्न रुसले एक समिति पनि गठन गरेको छ ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया