

बुटवलका सामुदायिक विद्यालयहरू देशकै उत्कृष्ट : विष्णु पौडेल





बुटवलका सामुदायिक विद्यालयहरू देशकै उत्कृष्ट : विष्णु पौडेल
बुटवल । पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयहरू देशकै उत्कृष्ट बन्दै गएको बताएका छन् । कान्ति माध्यमिक विद्यालय बुटवलको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ को अवसरमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्यसमेत रहेका पौडेलले आफ्नो शैक्षिक कार्यक्रमहरूलाई रुपन्देहीका सामुदायिक विद्यालयहरूले देशमै उत्कृष्ट नमुना प्रस्तुत गरिरहेको बताएका हुन् ।
पौडेलले यहाँका सामुदायिक विद्यालयहरूले आगामी दिनहरूमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने क्षमता विकास गर्दै लगेको समेत बताए । रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक विकास तथा सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता पौडेलले व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले रुपन्देहीको बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिरहेको कान्ति माध्यमिक विद्यालयले आगामी दिनहरूमा प्राविधिक धारका विषयहरूको पठन पाठनलाई ध्यान दिँदै शैक्षिक बेरोजगारी कम गर्नका लागि अगाडि बढ्नुपर्ने बताए ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया