

चिरिच्याट्ट बन्दै स्थायी राजधानी भालुवाङ





बुटवल । बुटवलबाट कार्यालयहरू लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ (राप्ती उपत्यका) मा सर्न थालेपछि सफा र चिटिक्क पार्न स्थानीय जुटेका छन् ।
मंसिर २० गते मुख्यमन्त्री कार्यालय दाङ सरेपछि स्थानीय हर्षित छन् । भालुबाङ बजार, लालमटिया, मसुरिया, मौरीघाट, सिसहनियाँ लगायत स्थानमा सफाइसँगै सिँगारपटार जारी छ ।
बुधवारदेखि भालुवाङबाटै प्रदेश सरकारले काम गर्ने तयारी गरेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । मुख्यमन्त्री कार्यालयमा बुधवार प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्ने कार्यक्रम राखिएको छ । २०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाले बुटवलबाट दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो ।
राजधानी घोषणाको निर्णय कार्यान्वयन हुन लागेको छ । देउखुरीको लालमटीयास्थित राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ ।
मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालय लगायत संरचना बनाइएको छ । राजधानीलाई स्वागत गर्न राप्ती उद्योग वाणिज्य संघको अगुवाइमा सरसफाइ गरी सजावटको काम भएको छ । कपिलवस्तुको धानखोलादेखि पश्चिममा शिवखोलासम्म दर्जनौं बसबिसौनी छन् । यी बस बिसौनीका प्रतिक्षालयमा पहेंलो रंग लगाइएको छ ।
राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले प्रतिक्षालय तथा सार्वजनिक संरचना रंगरोहन गर्ने काम भइरहेको बताए । स्थायी संरचना नबन्दै राजधानी सारेर फेरि अस्थायी संरचनामै राज्यको करोडौं रकम खर्च गर्न नहुने भन्दै सरकारको आलोचना पनि भइरहेको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार












प्रतिक्रिया