

दिल्लीमा भाजपाले १५ वर्षदेखिको पकड गुमायो, आपको बहुमत आउने सङ्केत


एजेन्सी
भारतको दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले १५ वर्षदेखिको पकड गुमाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातार तीन कार्यकालपछि स्थानीय निकायमा हिजो भएको चुनावमा हार ब्यहोर्ने देखिएको छ । चुनावमा आम आदमी पार्टीको बहुमत आउने सङ्केत देखिएको छ ।
कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम (एमसीडी) सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् ।
चुनावको पूर्ण नतिजा घोषणा भइसकेको छैन । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले छिट्टै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो एक महिनामा राष्ट्रिय राजधानी दिल्लीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिबद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहरका थुप्राहरू हटाउने र दिल्लीलाई स्वच्छ र सफा सहर बनाउने रहेको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया