

लुम्बिनी प्रदेश : आन्तरिक किचलोले दुवै गठबन्धनमा पिरलो



काठमाडौं । लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधि सभामा २६ जनाको प्रतिनिधित्व हुन्छ । २६ वटा निर्वाचन क्षेत्रमा मुख्य रूपमा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धन प्रतिस्पर्धामा छन् । २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पालिकाका वडाध्यक्षहरूले पाएको मत र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको छ ।
कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्राप्त गरेको मत र एमाले नेतृत्वको विपक्षी गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको मतलाई पनि राखेर यो विश्लेषण गरिएको हो ।
स्थानीय तह चुनावमा दलहरूले प्राप्त गरेको मतलाई आधार बनाउँदा भने लुम्बिनी प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमा विपक्षी गठबन्धन र १४ वटा क्षेत्रमा सत्ता गठबन्धन अगाडि देखिन्छ। लुम्बिनीलाई एमालेको प्रभाव क्षेत्रका रूपमा हेरिएको छ । एमाले आफ्नो यो प्रभावलाई मंसिरमा हुने निर्वाचनमा पनि कायमै राख्ने र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन त्यसलाई उल्ट्याउने रणनीतिमा छन् ।
यो विश्लेषणमा सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी ((लोसपा) र राष्ट्रिय जनमोर्चाको मत समावेश गरिएको छैन । विपक्षी गठबन्धनमा रहेको राप्रपाले प्रतिनिधिसभा सदस्यका लागि लुम्बिनी प्रदेशका १९ निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिएको छ । बाँकी ६ क्षेत्रमा राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको छ। यसलाई आधार बनाउने हो भने विपक्षी गठबन्धन लुम्बिनी प्रदेशमा अझ कमजोर देखिन्छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया