

रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा एक बहालवाला र ७ पूर्वमन्त्री उम्मेद्वार





रुपन्देही । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये हरेकमा कम्तीमा एक पूर्वमन्त्री उम्मेदवार बनेका छन् । रुपन्देहीमा एक बहालवाला र ७ पूर्वमन्त्री प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार छन् । ५ मध्ये ३ वटा निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीहरु बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १, ३ र ४ मा पूर्वमन्त्रीहरु बीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर २ र ५ पनि पूर्व मन्त्रीहरू चुनावी मैदानमा छन् । रुपन्देहीको क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा र हालै एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
दुवै पूर्व कृषि मन्त्री हुन् । रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नम्बर ३ मा कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री दीपक बोहोराबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । रुपन्देहीको क्षेत्र नम्बर ४ मा लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार छन् । यस्तै, जसपाबाट पूर्व राज्यमन्त्री ओमप्रकाश यादव उम्मेदवार छन् । क्षेत्र नम्बर ५ मा पूर्व अर्थ राज्यमन्त्री भरत शाह सत्तारुढ गठबन्धनबाट उम्मेदवार छन् । रुपन्देहीका प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीसम्म उम्मेदवार छन् । १० प्रदेशसभा क्षेत्र रहेको रुपन्देहीमा संघका पूर्वराज्यमन्त्रीदेखि प्रदेशका बहालवाला मन्त्रीसम्म उम्मेदवार छन् ।
रुपन्देहीको क्षेत्र नं।३ मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाको संयुक्त प्रचार प्रसार कार्यालयको उद्धघाटन गरिएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले सत्तागठबन्धनका नेताहरुले २ खर्ब पैसा बोरामा हालेर घरमा लुकाएको आरोप लगाउनु भयो । थापाले राष्ट्रघाती सत्तागठबन्धनलाई हराउन राष्ट्रवादी शक्तिहरू एक भएर चुनावमा होमिएको बताउदै आगामी चुनाव राष्ट्रवादी शक्तिको पक्षमा हुने जिकिर गर्नुभयो । उहाँले नेताहरुले लुकाएर राखेको अवैध रकमलाई बाहिर ल्याउने दाबी गर्नुभयो । पूर्वमन्त्री थापाले चुनावपछि केपी ओलीको सरकार बन्ने र २ खर्ब पैसा बाहिर निकाल्ने दाबी गर्नु भयो ।
त्यस्तै क्षेत्र नं।३ ख प्रदेशका उम्मेदवार समेत रहनुभएको नेकपा एमालेका नेता तुलसी प्रसाद चौधरीले सत्तागठबन्धनको भन्दा आफुहरुको मत धेरै भएको बताउदै यो निर्वाचनमा जित हासिल गर्ने बताउनुभयो। कार्यक्रममा नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र तथा जसपाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया