
उपेन्द्र–बाबुराम : लुम्बिनी को बलियो ?

काठमाडौं, पत्रपत्रिकाबाट । जनता समाजवादी पार्टी विभाजन गर्ने सहमति भएपछि दुई पक्षबीच नेता तथा कार्यकर्ता तानातान सुरु भएको छ। जसपाका डा। बाबुराम भट्टराई र उपेन्द्र यादवबीच संयुक्त पार्टी सञ्चालन गर्न नसकिने र सहमतिमै पार्टी फोड्ने सहमति बनेपछि जसपाको बलियो शक्ति कसरी आफूमा अड्याउने भन्नेमा भट्टराई र यादव पक्षबिच रस्साकस्सी चलेको छ। यो कसरत लुम्बिनी प्रदेशमा पनि नेताहरूले थालेका छन् । तथापि यो प्रदेशमा भने उपेन्द्र यादवको समूह बलियो देखिने पक्कापक्की जस्तै भएको छ।
यो प्रदेशबाट जसपाका ३ जना कार्यकारिणी सदस्य छन् । यी तीनमध्ये एक जना । उपेन्द्र यादवको पक्षमा रहने देखिन्छ भने एक कार्यकारिणी सदस्य भट्टराईको पक्षमा जाने र अर्का अर्का एक भने अहिले अनिर्णीत रहेको जसपा स्रोत बताउँछ। मोहम्मद इस्तियाक राई उपेन्द्र यादवकै समूहमा छन् । त्यसो त, पूर्वमन्त्री समेत रहेका उनी यसअघि भने भट्टराई पक्षधर थिए। तर पछिल्लो समय उनी उपेन्द्रको समूहमा सामेल भैसकेका छन् । स्रोतका अनुसार मन्त्री फेरबदलका क्रममा आफ्नो पालो आउने देखिएपछि राई भट्टराईलाई छोडेर उपेन्द्र क्याम्पमा जोडिएका हुन् । राईको यो निर्णयले उपेन्द्र यादव समूहलाई प्रदेशमा बलियो बनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया