
आज प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै, लुम्बिनीमा कस्तो आउला बजेट ?

काठमाण्डौ । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दैछन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको तयारी छ । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।
आउँदो आर्थिक वर्षका लागि प्रदेश(१ सरकारले झन्डै ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश(१ को नीति तथा कार्यक्रममा कृषि क्षेत्र मुख्य प्राथमिकतामा रहेको थियो ।
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारी झन्डै ३४ अर्बको बजेट ल्याउँदैछ ।
त्यस्तै, वाग्मती प्रदेश सरकारले सङ्घीय र प्रादेशिक चुनावलाई लक्षित गरी ठूलो आकारको बजेट ल्याउँदैछ । चालु आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको वाग्मती सरकारले बढाएर बजेट ल्याउँदैछ ।
गण्डकी प्रदेश सरकारले पनि चुनाव केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्नुहुनेछ । गण्डकी प्रदेश सरकारले जेठ २४ गते नीति तथा कार्यक्रम ल्याएको थियो । चालु आर्थिक वर्षका लागि ३० अर्ब ९० करोडको बजेट ल्याएको गण्डकीले झन्डै ६ अर्ब बढाउने तयारी गरेको छ । अहिलेको भन्दा केही बढी बजेट आउने अर्थमन्त्री बरालले जानकारी दिनुभयो ।
यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि आउँदो वर्षको बजेटको आकार बढाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट ४१ अर्बको रहेको थियो ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड बराबरको बजेट ल्याएको थियो । कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा जोड दिएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको भन्दा केही बजेट बढाएर ल्याउने तयारी छ । आउँदो आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया