

लुम्बिनी प्रदेशका जनप्रतिनिधि स्थानीय सरकार संचालन सम्बन्धि तालिम लिदै



बुटवल । लुम्बिनी प्रदेशका १ सय ९ स्थानिय पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको स्थानिय सरकार संचालन तथा विकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदेशको अस्थायी राजधानी बुटवलमा सुरु भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरण, लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेश कार्यालयको ब्यवस्थापनमा सोमबारदेखि २ दिने तालिम शुरु भएको हो।
अभिमुहिकरण कार्यक्रमको संघीय मन्त्रिपरिषदका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उदघाटन गर्नुभयो। उदघाटन कार्यक्रमलाई सम्बाधेन गर्दै सबै प्रदेशमा एकरुपता ल्याउने गरि श्रोत सामग्री तयार गरि तालिम संचालन गरिएको बताउनुभयो। संवैधानिक ब्यवस्था, सहकारी संघियता लगायतको बारेमा धेरै जानकारी तालिमबाट हुने उहाँले बताउनुभयो।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले संघियता कार्यान्वयनमा ३ तहको सरकारको समन्वय हुन पर्ने बताउनुभयो ।
१०९ पालिकाबाट उपस्थित प्रमुख र उपप्रमुखहरुलाई ४ वटा समुहमा बिभिजन गरि तालिम प्रदान गरिने प्रदेश प्रशिक्षण प्रतिस्नठाले जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया