
बाणगंगाको विकास : सडक भन्दा नाला अग्लो, कहाँ जाला वर्षाको भल ?

ई–साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नरपालिका स्थित वडा नम्बर ७ को घेरवा बनगाई–डोहोटे सडक खण्डको बनगाईमा निर्माण गरिएको सडक किनारको नाला सडक भन्दा अग्लो छ । जसका कारण वर्षाको पानी सडकमै भरिने जोखिम बढेको छ ।
मोतिपुर सडक विस्तार, नाली निर्माण तथा कालोपत्रे योजना अन्र्तगत २०७८ माघ ५ गते सम्झौता भई काम सुरु भएको थियो । अहिले सडकको दुबै किनारमा नाली निर्माण गरिएको छ । तर सडक भन्दा नालिको उचाई अग्लो हुँदा यस वर्ष वर्षाको पानी सडकमै भरिने र नालि बनाउनुको अर्थ नहुने स्थानीयको गुनासो छ । हाल नाला बनेको स्थानमा तत्काल सडक कालोपत्रे हुने अवस्था छैन । यस पटकको वर्षाको समयमा सडक भन्दा नाला अग्लो अवस्थामा छोडिदा वर्षाको पनि सडकमै भरिने अवस्था छ ।
कुल ४२ लाख ३० हजार १४२ रुपैँया ६९ पैसा (मुल्य अभिबृद्धी करसहित) भु. शंकर कन्स्ट्रक्सन प्रा.लिले निर्माण गरेको सो नालाको निर्माण कार्य सकिएको भनि अहिले बाणगंगा नगरपालिकाले निर्माण सम्पन्न भएको बोर्ड समेत झुण्ड्याई सकेको छ । तर काम अझै धेरै बाँकी देखिएको छ । नालिको दुबै किनारलाई अव्यवस्थित छोडिएको छ भने निर्माण गरिएको बिच भागमा पनि नालि छोप्ने ढकनी पनि कितपय स्थानमा अधुरै छोडिएको छ ।
बनगाई–डोहोटे सडकको प्रवेशद्धारमै सडकको दुरावस्था छ । जसका कारण यस वर्ष वर्षाको पानी सडकमै भरिने निश्चित देखिएको छ । अहिले नगरपालिकाले निर्माण सम्पन्न भएको बोर्ड शुक्रबार एका एक राखेपछि सामाजिक सञ्जालमा समेत चर्काे आलोचना भइरहेको छ ।
सडक निर्माणका क्रममा प्रयोग गरिएको सामग्री अहिले पनि सडक किनारमा अस्तव्यस्त छोडिएको छ भने धुलाम्य सडकका कारण दैनिक जनजीवन सास्तीपूर्ण बनिरहेको छ । वडा नम्बर ७ मा यो सडक कालोपत्रे र दुबै किनारमा नाली निर्माणका लागि बाणगंगा नगरपालिकाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी वडा नम्बर ७ ले चालु वर्षको योजनामा राखेर काम गराएको थियो ।
बाणग्ांगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीका अनुसार मोतिपुर सडक विस्तार, नालि निर्माण तथा कालोपत्रे याजना अन्र्तगत हाल कुल ३ सय ६८ मिटर लामो नाला निर्माण गरिएको छ । नगर स्तरीय योजना भएका कारण नालिको किनारमा माटो फिलिङ्को काम हुने वा नहुने भन्ने विषयमा नगारपालिकाका इन्जिनियरलाई सोधेर भन्न सकिने बताउनुभयो ।
उता बाणगंगान नगरपाकिलाका सब इन्जिनियर अनिल खनालका अनुसार तत्कालको लागि अहिले भएको काम नै रहेको छ । पछि नयाँ बजेटबाट थप काम गर्न बजेट प्रदान भएको अवस्थामा मात्रै सडक कालोपत्रे गर्दा नाली भन्दा सडक अग्लो हुने र सडकको पानी नालिमा सहजै जाने छ । सब–इन्जिनियर खनालले तत्कालका लागि वडाले आफ्नै स्रोतबाट ग्राविल गर्न सके वर्षाको पानीको निकास गर्न सकिने बताउनुभयो ।
ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले तत्कालको बजेटबाट काम गरेको उहाँको भनाई छ । हाल सडकको दुबै किनारको नालिका ठाउँ ठाउँमा पानी निकासको लागि प्वालहरु राखिएको सब–इन्जिनियर खनालको दाबी छ ।
यस अघि घेरवा बनाई देखि मोतिपुर कोइली कजवे पुल सम्म नगर र प्रदेशको झण्डै एक करोड बजेटमा नाली निर्माण र सडक कालोपत्रे गर्ने गरी योजना बनाइएको थियो । तर पछि प्रदेशबाट आउने भनिएको बजेट कटौती भएपछि नगरको बजेटबाट मात्रै तत्काल बनगाइमा नाला निर्माण गरिएको हो । जोखिमको आकंलन नगरि संरचना निर्माण गरिदा भने यसपटकको वर्षाको पानीले धेरै दुःख दिने निश्चत छ ।
यता ठेकेदार कम्पनीका दिनेश यादवले आफुहरुको काम नाला निर्माण मात्रै रहेको र त्यो काम पुरा गरेको बताउनुभयो । निर्माण कम्पनीले नाला निर्माणका क्रममा केही ढकनीहरु फुटेको अवस्थामा रहेका र त्यसको मर्मत गरीने यादवले बताउनुभयो । तत्काल निर्माण स्थलमा रहेका निर्माण सामग्री हटाइने उहाँको भनाई छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद










प्रतिक्रिया