

गुल्मीमा जेसिबी दुर्घटना हुँदा दाङका वलीको मृत्यु



गुल्मी । गुल्मीमा जेसिबी दुर्घटना हुँदा दाङ घर भएका चालकको मृत्यु भएको छ।
शान्तिनगर गाउँपालिका १ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वलीको मृत्यु भएको हो। बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट २ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु १ क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको थियो।
जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त ओमहरि डाँगीले जानकारी दिए। जेसिबी सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।
दुर्घटना राति भएको भएपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए। उनी गाडीमा एक्लै आउँदै थिए। गाडीका सहयोगी बिदामा बसेका र दुर्घटनाको खबर पाउनासाथ घरपरिवाररआफन्तहरू गुल्मी गएको बताइएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया