कपिलवस्तुमा जिसस निर्वाचन : आज नामावली प्रकाशन, २७ गते निर्वाचन

कपिलवस्तु। जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा जेठ २७ गते हुने भएको छ । आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सुचना जारी गर्दै निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा जेठ २३ गते (आज) मातदाता मानावलि प्रकाशन, विरोधमा उजुरी,उजुरी उपर जाचबुझ,र अन्तीम नामावली प्रकाशन गरिने भएको छ ।

जेठ २४ गते (भोली) उम्मेदवारको मनोनयन पत्र दर्ता,सुचि प्रकाशन,उम्मेदवारको विरोधमा उजुरी,उजुरी उपर निर्णय सहित उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । जेठ २५ गते उम्मेदवारको नाम फिर्ता लिने,उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गरिने भएको छ । जिल्ला समन्वय समितिको प्राङगणमा जेठ २७ गते मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनको मिति तोकिएपछि जिल्ला समन्वय समिति कपिलवस्तु गठनमा दलहरुले कसरत सुरु गरेका छन् । केन्द्रिय निर्देशन अनुसार सत्तारुढ पाँच दलीय गठबन्धन पनि छलफलमा केन्द्रित रहेको छ ।

कपिलवस्तुमा रहेका १० स्थानीय तहमध्ये कांग्रेस एक्लैले ४ वटा स्थानीय तहको प्रमुख जितेको छ । अन्य चार दलले कांग्रेसलाई साथ दिएमा जिल्ला समन्वय समितिमा जित्ने प्रवल सम्भावना रहेको छ । जिल्लामा कांग्रेस एक्लैको ८ मत छ भने जनता समाजवादी पार्टीले एउटा नगरपालिकामा प्रमुख,उपप्रमुख जितेको छ । त्यस्तै माओवादीले एक उपप्रमुख जितेको छ । जिल्ला समन्वय समिति गठनका लागि ११ जना चाहिन्छ । गठबन्धनसँग मातभार ११ नै रहेको छ । उता एमालेले कपिलवस्तुका तिन पालिकाका प्रमुख उप्रमुख जितेको छ भने एक पालिकाको उपप्रमुख मात्र जितेको छ ।। एमाले एक्लैको मतभार ७ रहेको छ । यता राप्रपाको १ र लोकतान्त्रिक समाजवादी पार्टीको एक रहेको छ । यि तिन दल मिलेर निर्वाचनमा गएपनि एमाले सँग जम्मा ९ मत हुने छ ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जिससमा कसैको बहुमत नभएकाले अन्य दलहसँग सहकार्य गर्ने प्रयास भइरहेको बताए । उनले तालमेलका लागि अधिकतम प्रयास गर्ने नभए पार्टी एक्लै लड्ने बताए ।

कांग्रेसले पनि सत्ता गठबन्धनमै रहेका दलसँग तालमेल गरेर नेतृत्व लिने तयारी गरिरहेको छ । माओवादी कपिलवस्तुका संयोजक रामचन्द्र शाहले जिससको चुनावमा सत्ता गठबन्धन दलबीच सहकार्य गर्ने तयारी भएको बताए । कांग्रेस, माओवादी, जसपाबीच समन्वय समितिमा मिलेर जाने विषयमा छलफल भएको उनले बताए ।

कपिलवस्तुमा जसपासँग २ र माओवादीसँग १ मत छ । यी सबैको गठबन्धन भएमा एमालेले हार्ने निश्चित छ । गठबन्धन दलले एक–एक मत रहेका राप्रपा र लोसपाबीच पनि सहकार्यको प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

खबर सबै