

बाणगंगामा किन भयो आइतबार बिदा निदने निर्णय ? (कुराकानी)





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले शनिबार र आइतबार सार्वज्निक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने जनाएको छ । नगरप्रमुख चक्रपाणि अर्यालले आईतवार सार्वजनिक विदा नदिने र बाणगंगा नगरपालिका मातहतका सबै कार्यालयहरु खोल्न निर्देशन दिनुभएको हो । नगरपालिकाले नगरको ११६ औँ कार्यँपालिका बैठकबाट निर्णय समेत गरेको छ ।
संघीय सरकारको मन्त्रीपरिषद बैठकबाट भएको निर्णय र सो निर्णय अनुसार राजपत्रमा समेत प्रकाशित भई देशभर शनिबार र आइतबार सार्वजनिक बिदा दिन जेठ १ गते देखि सरकारले परिपत्र गरेको थियो । तर सरकारकै मातहतमा रहेर काम गर्ने स्थानीय तहले भने बिदा नदिने जनाएको हो । सरकारले अनिवार्य निर्णय कार्यान्वयन गर्न गराउन स्थानीय तहलाई समेत परिपत्र गरेको छ ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले विद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विद्यालयबाट प्रदान गरिने सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो । तर उता सरकारले विद्यालयका शिक्षकहरुले पाउने वार्षिक बिदालाई ५० बाट घटाएर ३० दिन बनाउने निर्णय गरेको छ । हप्तामा दुई दिन बिदा हुने भएपछि विद्यालयको पठनपाठनमा पाठ्यक्रमले निर्दिष्ट गरेको पाठ्यभार अनुसारको कक्षा संचालनका लागि ३० दिन मात्रै वार्षिक विद्यालय बिदा हुने गरी पठनपाठनका लागि सरकारले आग्रह गरेको छ ।
बाणगंगा नगरपालिकामा किन त्यस्तौ भयो, संघीय सरकारको निर्णय भन्दा बहिर गएर सार्वजनिक बिदा पनि काट्नुपर्ने स्थिति बनेको हो ? भनि हामीले बाणगंगा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई सोधेका छौँ ।


खबर सबै
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ











प्रतिक्रिया