कपिलवस्तु नगरपालिका : स्वास्थ्य बिमाको आधा रकम व्यहोर्ने, ५ वर्ष भित्र हिलोमुक्त नगर बनाउने

कपिलवस्तु । कपिलवस्तु नगरपालिका भित्र  रहेका सबै घरधुरीमा बसोवास गर्ने परिवारकालागि स्वास्थ्य बिमा कार्यक्रम लैजाने निर्णय गरिएको छ । नगर कार्यपालिको तौलिहवा स्थित आफनै कार्यालयमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो ।

नगरपालिकाले आफनो बेभसाईट र फेसबुक पेज मार्फत सो निर्णय सार्बजनिक गरेको हो । बिमामा लाग्ने शुल्कको आधा रकम नगरपालिकाले ब्यहोर्ने निर्णय भएको मेयर सुदी पौडेलले बताए । त्यसकालागि पहिलो चरणमा एक करोड बजेट बिनियोजन गर्ने गरी कार्य अघि बढाईएको उनले बताए । नगरपालिका भित्र साढे १२ हजार घरधुरीलाई पुग्ने गरी बजेट बिनियोजनको प्रकृया अघि बढाइएको छ ।

फुसको छानोमुक्त अभियानलाई सार्थकता दिन नगरपालिकको वडा नम्बर १०, ११ र १२ वडामा जस्ता पाता बितरण गर्ने, आगामी ५ बर्ष भित्र नगरपालिकालाई हिलोमुक्त बनाउने अभियान संचालन गर्ने निर्णय गरिएको छ । म्याद सकिएको बिद्यालय ब्यवस्थापन समिति असार भित्र गठन गर्ने र नगरे अनुदान रोक्क गर्ने, माबि सम्म निः शुल्क शिक्षा भन्ने राष्ट्रिय नीति अनुसार बिद्यालयमा कुनै पनि शुल्क नउठाउने गरी ब्यवस्थापन गर्ने, कक्षा ६, ७ र ८ कालागि तयार भएको स्थानीय पाठयक्रम स्विकृति गरी यही आर्थिक बर्ष देखि संचालन गर्ने निर्णय भएको छ ।

यस्तै कृषि देखि महिला सम्मको जीाणर्् बनेको सडकको मर्मत र निर्माणकालागि भवन आवास तथा शहरी बिकास कार्यालय संघीय ईकाई कार्यालय भैरहवालाई अनुरोध गर्ने, मलखादको कोटा बृद्धिकलागि संबन्धित निकायलाई अनुरोध गर्ने, नगरपालिका भित्र कृषि सहकारीले बिक्री गर्ने मालखादको पारदर्शीता हुनु पर्ने लागतयको निर्णय गरिएको छ ।

प्रतिक्रिया

खबर सबै