

गुल्मीमा चट्याङ लागेर एकको मृत्यु


गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी निवासी ४५ वर्षकी राधिका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए ।
भट्टराईलाई आफ्नै गोठमा गाईवस्तुलाई घाँसपात गर्नेक्रममा चट्याङ लागेको प्रहरीले जनाएको छ । मृतको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया