
कपिलवस्तुको विजयनगरमा एमालको विरासत कायमै

कपिलवस्तु । २०७४ सालको स्थानीय तह निर्वाचनमा आफ्नै सत्ता रहेको कपिलवस्तुको विजयनगर गाउँपालिकामा यस पटक पनि नेकपा (एमाले)ले आफ्नो विरासत कायमै राखेको छ ।
७ वडामध्ये एक वडाबाहेक ६ वडाध्यक्ष, पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेर एमालेले विजयनगरमा आफ्नो वर्चश्व यस अघिको निर्वाचनमा भन्दा अहिले बलियो बनाउन पुगेको छ ।
पालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः गोपाल थापा निर्वाचित भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकी यादवलाई पराजित गरेका हुन् । ०७४ मा पनि थापाले यादवलाई नै पराजित गरेर पालिकाको अध्यक्ष बनेका थिए ।
यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मी चौधरी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । चौधरी जसपाकी गुन्जेश्वरी कुर्मीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भइन् ।
७ वडा मध्ये एमालेबाट वडा नं. १ को वडाध्यक्षमा इन्नर थारु, वडा नं. २ को वडाध्यक्षमा नेपाल थारु, वडा नं. ४ को वडाध्यक्षमा तिलकराम कंडेल, वडा नं. ५ को वडाध्यक्षमा अनवर महोम्मद मुसलमान, वडा नं. ६ को वडाध्यक्षमा प्रेमबहादुर कलवार र वडा नं. ७ को वडाध्यक्षमा दिनेश कुमार चौधरी निर्वाचित भएका छन् ।
वडा नं. ३ को वडाध्यक्षमा भने, जसपाका हृदय विकास चौधरी वडाध्यक्ष बनेका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया