

कतै ठूलो पानी पर्ने र कतै नपर्ने गर्दा बाढी पहिरोको जोखिम झन् धेरै



साउन १५, ई साझाकुरा
केही दिनयता पानी पर्ने तरिका फेरिँदै गएको मौसमविद्ले बताएका छन् ।मनसुन सक्रिय भएकाले अस्तिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । तर कतै नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्ने क्रम बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
सामान्यतया मनसुनमा देशभरी नै फैलिएर पानी पर्नुपर्ने भए पनि अस्तिदेखि कुनै निश्चित ठाउँमा ठूलो पानी पर्ने र नजिकै अर्को ठाउँमा भने पानी नपर्ने गरेको पाइएको उहाँले बताउनुभयो । पानी पर्ने तरिका फेरिँदा बाढी, पहिरोको जोखिम झनै बढेको उहाँको भनाई छ ।

नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा पूर्वमा नजिकै रहेको र पश्चिममा अलि पर सर्ने क्रममा रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर बेलुकीदेखि हिजोअस्तिको भन्दा कम पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले बताउनुभयो ।
आज प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ ।
पानी परेसँगै नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो खस्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढलको पानी निकास नहुँदा शहरी क्षेत्रमा डुबान पनि हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदको सुझाव छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया