

श्रीलङ्कामा आजदेखि डिजल बिक्री बन्द, दैनिक १३ घण्टा लोडशेडिङ



काठमाण्डाै
गम्भीर आर्थिक सङ्कट भोगिरहेको दक्षिण एसियाली श्रीलङ्कामा आज बिहीवारदेखि डिजलको बिक्री ठप्प भएको छ । विदेशी मुद्रा नहुँदा आयात रोकिएको र भण्डारणमा रहेको डिजल सकिएकाले आजदेखि श्रीलङ्कामा बिक्री बन्द भएको समाचार संस्था एएफपीले जनाएको छ ।
डिजल नहुँदा सार्वजनिक गाडी, उद्योग कलकारखाना र विद्युत् उत्पादन गर्ने प्लान्ट पनि सञ्चालन हुन सकेका छैनन् । पेट्रोल पम्पको बाहिर कैयौँ किलोमिटर गाडीको लामो लाइन लागेको खबरमा उल्लेख छ । श्रीलङ्काका यातायात मन्त्री दिलम मुनुगामाले देशसँग निकै थोरै मात्र डिजल रहेको र यो डिजल अत्यावश्यक कामका लागि मात्रै वितरण हुने बताउनुभएको छ ।
यस्तै हिजो बुधवार १० घण्टा लोडशेडिङ गरेको सरकारले आजदेखि दैनिक १३ घण्टा लोडशेडिङ गर्ने भएको छ । इन्धन र बिजुली उपलब्ध नभएपछि नागरिकले आक्रोशित हुँदै प्रदर्शन गरेका छन् । इन्धन र स्वास्थ्य सामग्रीको अभावका कारण कैयौँ सरकारी अस्पतालले शल्यक्रिया सेवा बन्द गरेका छन् । रसायन आपूर्ति गर्ने पैसा नहुँदा प्रयोगशालाको काम पनि ठप्प भएको छ ।
श्रीलङ्काले स्वतन्त्र देशको मान्यता पाएयताकै खराब आर्थिक सङ्कटमा परेको छ । चुनाव जित्नका लागि यसअघिको सरकारले गरेको घर कर छुट, कोरोना महामारीका कारण पर्यटक आगमन रोकिनु लगायतका कारण श्रीलङ्का आर्थिक सङ्कटमा फसेको हो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया