

शान्तिवार्ता सफलतातिर गएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ



एजेन्सी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता सफलतातिर उन्मुख भएको बताउनुभएको छ । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले चलिरहेको वार्ता यथार्थपरक बन्दै गएको र सहमतीका लागि भने अझै केही समय चाहिने बताउनुभएको बीबीसीले जनाएको छ ।
फेसबुकमा पोस्ट गरेको भिडियो सम्बोधनमा उहाँले रुसमाथि विजय प्राप्त गर्नका लागि वार्ता टोलीसहित सबै युक्रेनी नागरिकको एकीकृत प्रयास चाहिने बताउनुभएको छ । रुसले वार्तामा युक्रेनले सार्वजनिक रुपमा नै सैन्य गठबन्धन नेटोमा सामेल नहुने घोषणा गर्नु पर्ने र डोनेट्स्क, लुहान्स्क र क्राइमियालाई औपचारिक रुपमा नै युक्रेनले आफूबाट छुट्टीएका प्रान्तका रुपमा स्वीकार गर्नु पर्ने माग गरेको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हिजो आफ्नो देश अब नेटोमा सामेल नहुने बताउनुभएको थियो । यसैबीच युक्रेनका राष्ट्रपती जेलेन्स्कीलाई भेट्न तीनवटा छिमेकी देशका प्रधानमन्त्रीहरु सुरक्षा चुनौतीकै बीच राजधानी किभ पुगेका छन् । पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु किभ पुगेर जेलेन्स्कीसँग भेट गरेका बीबीसीले जनाएको छ ।
किभमा जारी कर्फ्युकै बीच पुगेका छिमेकी देशका प्रधानमन्त्रीहरुले आफ्नो साथ र समर्थन युक्रेनमा रहेको बताएका छन् । युरोपियन युनियनले प्रधानमन्त्रीहरुको यात्राका लागि गम्भीर सुरक्षा चुनौती रहेको चेतावनी दिएको थियो । तर उनीहरु जेलेन्स्कीलाई भेट्न युक्रेन पुगेका हुन् । विमानमा यात्रा गर्दा रुसको तर्फबाट जोखिम हुने भएकाले तीन देशका प्रधानमन्त्रीले जोखिम उठाएर रेल यात्रा गरेर किएभ पुगेका बीबीसीले जनाएको छ । युक्रेनले उनीहरुको साहसका लागि धन्यवाद दिएको छ । रुसले युक्रेनमाथि २१ दिनदेखि लगातार आक्रमण गरिरहेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया