

अमेरिकाले ‘विकृत सूचना’ फैलायो : चीन





एजेन्सी
बेइजिङले युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज सोमवार रोममा दुई देशका राजदूतहरू बीचको वार्ताअघि चीनको यस्तो प्रतिक्रिया आएको हो ।
रुसले चीनसँग सैन्य र अन्य सहायता मागेको अमेरिकी अधिकारीहरूको आरोपको खण्डन गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भन्नुभयो, ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ ।’
यसअघि रुसले चीनसँग सैन्य र अन्य सहायता माग गरेको अमेरिकी अधिकारीहरूले आरोप लगाएका थिए । वाशिङ्टनमा रहेको चिनियाँ राजदूतावासले भने त्यस्तो मागबारे थाहा नभएको बताएको छ ।
सञ्चारमाध्यमका अनुसार अमेरिकाले रुसलाई सहायता गरेमा चीनले त्यसको दुष्परिणाम भोग्ने चेतावनी दिएको छ । चीन र अमेरिकाबीच सोमवार वार्ता हुने बताइएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया