

लुुम्बिनी प्रदेशका नौ सय बढी पत्रकारको दुर्घटना बीमा




बुटवल । लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गरिएको छ। पत्रकारिता गर्ने क्रममा पत्रकारहरू दुर्घटनामा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना बीमा गरिएको हो।
लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरूका लागि शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड भैरहवा र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच आपसी सम्झौता गरिएको हो।
मन्त्रालयको तर्फबाट उप सचिव दामोदर भण्डारी, बीमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीबीच कानुनी प्रक्रिया पु¥याएर सम्झौता गरिएको हो। सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पत्रकारहरूसँग समन्वय गरेर काम गर्ने बताए ।
आमनागरिकको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले प्रदेश सरकार आमनागरिकको सुरक्षाप्रति संवेदनशील रहेको मन्त्री शर्माको भनाइ छ। उनले मुलुकको परिवर्तनमा पत्रकारहरूको ठूलो भूमिका रहेकाले पत्रकारहरुको दुर्घटना बीमादेखि हरेक प्रकारका कार्यक्रमका लागि प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्वता जनाए।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव आभा कर्ण श्रेष्ठले मिडिया मैत्री शासकीय पद्वति बनाउनु पर्नेमा जोड दिइन। जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारहरू भौतिक र आर्थिक रुपले सुरक्षित हुनुपर्ने बताउँदै बीमा कम्पनीहरू पत्रकारका लागि सहयोगी बन्न सक्ने बताइन्।
पत्रकार महासंघ लुम्बिनी अध्यक्ष वसन्तराज गिरीले पत्रकारहरुलाई सहयोग पुग्ने गरी दुर्घटना बीमा गरिएको बताए। प्रदेश सरकारलाई मिडिया मैत्री बन्न आग्रह गर्दै पत्रकारहरुको भौतिक र आर्थिक सुरक्षाप्रति गम्भीर बन्न अध्यक्ष गिरीले प्रदेश सरकारलाई आग्रह गरे। मिडियाको लागि छुट्टाइएको बजेट समयमा सही ठाउँमा खर्च हुने गरी छिटोभन्दा छिटो कार्यक्रम ल्याउन आग्रह गरे। राष्ट्रिय बीमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपानेले पत्रकारहरुको हितका राष्ट्रिय विमा कम्पनी सहयोगी बन्ने प्रतिबद्वता जनाए। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अधिकृत फर्शुराम भट्टराईको सञ्चालनमा कार्यक्रममा भएको थियो ।
जिल्लाको बीमा पोलिसीमा सहभागी नभएका पत्रकारहरुको मात्र पहिलो चरणमा बीमा गरिएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिए ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया