


स्वास्थ्य मन्त्रीले झुटाे बाेले, राजीनामा माग्छाैँ :एमाले



काठमाण्डाै
कोरोना भाइरसविरुद्धकाे खोपबारे झुटो बोलेको भन्दै नेकपा एमालेले स्वास्थ्य मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजार रुपैयाँमा किनेर लगाएको अभिव्यक्ति दिएर मन्त्री खतिवडाले अफवाह फैलाएको भन्दै नेकपा एमालेले आज मङ्गलवार विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्री खतिवडाको राजीनामा माग गरेको हो ।
एमालेका स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्य मन्त्री खतिवडाको नाम पनि सार्वजनिक गरेको छ ।
खतिवडाले केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ दाबी गर्नुभएको थियो । नयाँ बानेश्वरमा रहेकाे सिभिल अस्पतालमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख भेटिएको एमालेले जनाएको छ ।
सङ्घीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला खतिवडाले सिभिल अस्पतालको रजिस्टरु ‘ख’मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । यो अभिलेखमा ६२ वर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४ को कोभिशिल्ड खोप लगाएको स्पष्ट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति



खबर सबै
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै






प्रतिक्रिया