

नेटोको विस्तारमा चीनको पनि विरोध



एजेन्सी
चीनले पनि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) विस्तारको विरोध गरेको छ ।
नेटोबारे यसअघि कुनै प्रतिक्रिया नदिएको चीनले नेटोको विस्तारबारे विरोध गरेको बीबीसीले जनाएको छ ।
हिउँदे ओलम्पिक्सकाे उद्घाटन समारोहमा सहभागी हुन चीन पुग्नुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङ बीच भएको भेटपछि निकालेको संयुक्त विज्ञप्तिमा नेटोको विस्तारको विरोध गरिएको छ ।
भेटमा रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले रुसलाई कमजोर बनाउन नेटो गठबन्धनलाई प्रयोग गरिरहेको दाबी गर्नुभएको थियो ।
रुसको छिमेकी तथा सोभियत सङ्घबाट टुक्रिएको युक्रेनलाई नेटोको सदस्य बनाउने प्रक्रिया सुरु भएपछि रुसले नेटोको तीव्र विराेध गरिरहेको छ । अहिले युक्रेनका सीमामा एक लाखभन्दा बढी रुसी सेना तैनाथ गरिएका छन् । अमेरिका तथा युरोपेली देशहरुले रुसले युक्रेनमा आक्रमण गर्ने दाबी गर्दै त्यसो नगर्न चेतावनी दिइरहेका छन् ।
युक्रेनको मामिलालाई लिएर रुस र पश्चिमा देशहरुबीच उत्पन्न तनावका बारेमा मौन रहेको चीनले नेटो विस्तारको विरोध गरेपछि समस्या अझ बढ्ने देखिएको बीबीसीले जनाएको छ । चीन र अमेरिका बीचको तनाव पनि बढ्दो छ ।
तस्बिर : ग्लाेब इकाे


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया