बुटवल स्थित सलाई उद्योगमा आगलागी

बुटवल । रुपन्देहीको बुटवलमा रहेको एक सलाई उद्योगमा आगलागी भएको छ।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–१५ सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको हो।

बुटवल,लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाबाट दमकल ल्याएर आगो निभाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए। आगलागीबाट भएको क्षति र अरु विवरण आउन भने बाँकी छ।

प्रतिक्रिया

खबर सबै